उदयपुरका ३१ बर्षका बाबू राई ४/५ बर्ष अगाडी गाउँमा घास काट्नको लागी रुखमा चढे तर विडम्बना उहाँ त्यहीँ रुखबाट लडेर आज यस्तो बिजोग अवस्थामा पुगेका छन्। परिवारमा श्रीमती र दुई छोरीहरु छन्। बाबू राईको कम्मर बाट तल दुबै खुट्टा चल्दैन। नशाको कारणले खुट्टामा चिमोट्दा पनि थाहा पाउदैनन्, एकदमै कष्टकर जीवन बिताइरहेका छन्।
यो लकडाउन भन्दा अगाडी पोते उन्ने, गलैँचा कारखानामा धागोहरु डल्ला पर्ने काम गर्नु हुन्थ्यो। अहिले यो कोरोनाको लकडाउनले गर्दा त्यो काम पनि रोकिएको छ। उहाँको श्रीमती पनि संगै गलैँचा बुन्ने कारखानामा काम गर्ने, पोते उन्ने गर्नु हुन्छ। बाबू राईको श्रीमती पनि शारीरिक रुपमा अपांग हुनुहुन्छ, उहाँको एउटा खुट्टा छैन।

सानै देखि गित गाउने र कलाकार बन्ने सपना देखेका बाबू राई आज सम्म संगीत नसिकेता पनि उहाँको आवाजमा गित मिठो सूनिन्छ। उहाँले ध्रुव दाईले गाउन दिनु भएको “कस्तो भाग्य दियौं नि दैब” बोलको गित पनि रेकर्डिङ गरेर बजारमा सार्वजनिक गरि सकेका छन्।
गित गाउने र साङ्गितिक क्षेत्रमा आबद्ध भएकै कारण बाबू राईलाई “म्युजिक अफ नेपाल” (Music of Nepal) नामक संस्थाबाट उहाँको अवस्था थाहा पाइसकेपछी सहयोग रकम जम्मा गरेर महेन्द्र तामाङ, अनिता ढकाल, मङल बहादुर गायक र संगीता सिग्देल मिलेर उहाँलाई रु.५४०००(चवन्न हजार) रुपैयाँ भाग्य न्याैपाने मार्फत सहयोग गरेका छन्। MON नामक संस्थाले यस्तै विभिन्न ठाँउमा लुकेर रहेका क्षमतावान प्रतिभालाई अगाडी लेराउने सबै सामु उजागर गर्ने उदेश्यले सहयोग गर्दै आएका छन्। शारीरिक अवस्थाले आफुमा भएको क्षमता र प्रतिभालाई रोक्न सक्दैन। मिठो स्वरका धनी बाबू राईलाई साङ्गितिक क्षेत्रमा उचित स्थान मिलोस हाम्रो शुभकामना।
भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” र “Tattato Khabar” मा गएर हेर्नुहोस।