चितवनमा दुई युवाले गल्फ कार नाम दिएर गाडी बनाए

प्रकाशित मिति : August 30, 2020


लकडाउनको सदुपयोग गर्दै चितवन भरतपुरका दुई युवा २० बर्षिय सफल पौडेल र १६ बर्षका कुशल पौडेलले स्थानीय स्रोत साधनको प्रयोगबाट गाडी बनाएका छन्। कुशल पौडेल र सफल पौडेल दाजुभाइ हुन्। लकडाउन अघि कुशल एसइईको तयारीमा थिए भने सफल इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै गरेका रहेछन्। अरु बेलामा खासै दाजुभाइ मिलेर काम गर्ने समय पनि मिल्दैन, यो लकडाउनकाे बेलामा माेवाइल चलाएर समय बिताउनु भन्दा नयाँ काम गरौँ भनेर भाईले भनेपछि हामी दुईजना नै मिलेर गरेका हौँ दाजुले बताए।

एक महिना लगाएर सामान जुटाएर करिब १५ दिनमा कार तयार पारेपछि उक्त गाडीलाई “गल्फ कार” भनेर नाम समेत दिएका छन्। लकडाउनको समय फुर्सदमा मोटरसाइकलको इञ्जिन, इलेक्ट्रिक रिक्सा र मारूती भ्यानको टायर तथा सोलार लगायतका सामग्री जडान गरेर कारको रूप दिएको बताएका छन्। उक्त गाडीमा भाग्य न्याैपानेले छेउमा नेपालको झण्डा राखेर आफैंले सरर चलाएर पनि हेरेका छन्। सो गाडीको इन्जिनको क्यापासिटी ५ जनालाई राखेर हिड्न मिल्ने र स्पिड ४० देखि ५० सम्मको परिक्षण गरेको बताएका छन्।

अहिले सुरुमा परीक्षणकाे लागि पुरानाे सामान खाेजेर तयार पार्दा एक लाख रुपैयाँ खर्च भएकाे बताएका छन्। भने नयाँ सामान जुटाएर निर्माण गर्ने हाे भने खर्च बढ्न सक्ने र करिब तीन लाखमा सोलारबाट चल्ने कार निर्माण हुने समेत बताएका छन्। परीक्षणको लागी मात्रै गरेकाे काममा सफलता मिलेकाे उहाँहरूको भनाइ छ। कार परीक्षणकाे लागी पटिहानी, जगतपुर, नारायणगढ सम्म पुग्न सफल भएकाे बताएका छन्। परीक्षणको लागि बनाएको कार गुडाउन सफल भएकोले यसलाई अझ थप व्यवस्थित बनाउन सकिने र थप हौसला समेत मिलेको बताएका छन्।

लकडाउनकाे समयमा गाडी नै बनाएपछि अभिभावकहरु दङ्ग हुनुहुन्छ। प्रयास गर्नु पनि धेरै राम्रो, ठुलो कुरा हो यिनिहरुले यति सम्म गरेका छन् धेरै खुशी छौँ अभिभावक बताउँछन्। अभिभावकले घरमा नै इलेक्ट्रोनिक पसल चलाउदै आएका छन्। परिवार, आफन्त छरछिमेकी,साथीहरूको साथ र सपोर्टले आज कार बनाउन सफल भएका छौँ। आगामी दिनमा पनि उहाँहरूको मायाले अझै राम्रा काम गर्दै जाने हौसला मिल्ने समेत दाजुभाइले बताएका छन्।

भिडियो हेर्नका लागी youtube channel Social News Nepal वा Tattato Khabar मा गएर हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट