जब शरीरमा ठुलो रोग लाग्छ नि, तब हामी नेपालीहरुलाई ठुलो समस्या पर्छ; घर, जग्गा, जमिन बेच्दा पनि उपचार गर्न सकिदैन। सानो छोरा स्कुल छोडेर काम गर्न जान्छन्। घरमा बिरामी भएका बुवालाई बचाउन। यस्तो बिजोग अवस्थामा रहनु भएको परिवारलाई आर्थिक सहयोग गर्नका लागी भाग्य न्यौपाने पुगेका छन्। नौ बर्ष देखि उहाँ मृगौलाको रोगी हुनुहुन्छ।

उहाँ बिरामी भएको ९ बर्ष भइसकेको रहेछ, उपचार गराएर dialysis गर्न थालेको ८ बर्ष भयो। डाइलोसिस गर्न हप्तामा ३ पटक हस्पिटल लैजानु पर्छ। उहाँलाई डाक्टरले अप्रेसन गराउनु पर्छ, बेलैमा अप्रेसन गरेन भने मृत्यु सम्म हुन सक्छ भनेका छन्, तर उहाँहरुको आर्थिक अवस्था कमजोर भएको कारणले उपचार गर्नको लागी रकम जुटाउन सकेका छैनन्। सानो छोराले ज्याला मजदुरी गरेर लेराएको पैसाले उपचार गर्दै आउनु भएको रहेछ। अहिले यो कोरोनाको लक डाउनले गर्दा कहिँ कतै केहि काम पनि पाइदैन, पैसाको ठुलो अभाबमा हुनुहुन्छ।

अमेरिकामा रहनु भएको अनिता मोक्तान र उहाँको ३२ जना साथीहरु मिलेर बिष्णु माया लो बहिनिको लागि भनेर पठाउनु भएको रकम जुन रकम बिष्णु माया लो बहिनीलाई पुगी सके पछि उक्त पैसा उहाँ जस्तै अरु पिडित लाई सहयोग गर्नु पर्यो भन्ने लागेर मृगौलाको रोगि “नर बहादुर तामाङ्ग” को लागि केहि आर्थिक सहयोग लिएर भाग्य न्यौपाने पुगेका छन्।

संसार भरका मानिसहरु अहिले कोरोना भाइरसको कारणले समस्यामा छन्। देश तथा विदेश बाट सहयोग गर्ने सहयोगी दाताहरु पनि समस्यामा हुनुहुन्छ। सबै जना आफु सुरक्षित बस्ने बेला हो यो, तर उहाँहरु धेरै नै अप्ठेरोमा भएकोले अमेरिकाबाट पठाउनु भएको रकम लिएर भाग्य न्यौपानेको टिम पुगेका छन्। उहाँहरुले बिष्णु माया लो बहिनी जसको बुवा आमा दुबै जना क्यान्सर पिडित हुनुहुन्थ्यो। उहाँको सहयोगको लागि पठाउनु भएको रकम थियो, तर उहाँलाई पैसा पुगीसकेको हुनाले त्यो पैसा मृगौला पिडित नर बहादुर तामाङ लाई आधा दिनु भन्नु भएको र ८०००० ( असी हजार ) उहाँहरुलाई सहयोग गरेका छौं। बाकी रहेको ८०००० चितवनमा रहेको उहाँहरुको अर्को बिरामी लाई सहयोग गर्ने छौँ।

विशेष धन्यवाद अमेरिकामा रहनु भएको अनिता लामा र उहाँहरुको ३२ जना साथीहरुलाई, जसले यति ठुलो सहयोग रकम पठाएर यी रोहि रहेका परिवार लाई आँशु पुछिदिने काम गरि दिनु भएकोमा थोरै समय निकालेर यो भिडियो हेरीदिनु होला। भिडियो हेरेर तपाई सबैलाई रोगको कारणले परिवारमा कति सम्म समस्या हुन्छ महशुस हुनेछ।

भिडियो हेर्नका लागी Youtube Channel “Social News Nepal” वा “Tattato Khabar” मा गएर हेर्नुहोला।