अमेरिकामा डरलाग्दो आगोलागी ९ लाख हेक्टरमा फैलियो

प्रकाशित मिति : September 8, 2020


क्यालिफोर्निया, २३ भदौ (रासस–एएनआई) –– संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो । विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ । डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ । लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताउनुभएको छ । उहाँले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिनुभयो । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गर्नु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपदा घोषणा गर्नु भएको थियो । गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट