भाइरस चिनको ल्याबमा बनाईएको हो भन्ने दावी

प्रकाशित मिति : September 13, 2020


Translated by Ganesh Bhattarai

हङकङ स्कुल अफ पब्लिक हेल्थको अनुसन्धानकर्ता भाइरोलोजिस्ट डा. लि मेङ-यान ले कोरोना भाइरस हुवानको ल्याबमा बनाईएको हो भन्ने दावी गरेकि छिन र आवश्यक प्रमाण पनि आफुसंग भएको उनी बताउँछिन् ।

आफु बसेको ठाउँ नखुलाउने सर्तमा उनले ITV मा दिएको एउटा अन्तर्वार्ताले अहिले एउटा ठूलो सनसनी विश्वभरी मचाएको छ। उनको भनाई यस्तो छ,

“जीनोम अनुक्रम मानव फिंगरप्रिन्ट जस्तो छ। यसको आधारमा तपाईं यी चीजहरू पहिचान गर्न सक्नुहुनेछ। म यो प्रमाण देखाएर सबै समक्ष भन्न सक्छुकी यो भाइरस हुवानको ल्याबबाट आएको हो। यो कुरा एउटा सामन्य जीव बिज्ञान नबुझ्ने व्यक्तिले पनि छुट्याउन सक्छ।”

यो बर्षको सुरुवाती समयमा ज्यानको जोखिम हुने भन्दै डा. यान अमेरिका उडेकी थिइन र अहिले उनी गोप्य स्थानमा छिन् ।

उनको दाबीको प्रतिक्रियामा चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशकले भने:

“तथ्य यो हो कि चिनियाँ सरकारले केहि ढिलाइ वा कभर अप गरिरहेको छैन। यसले भाइरस डाटा र सम्बन्धित जानकारी सकेसम्म चाँडो अन्तर्राष्ट्रिय समुदायमा रिपोर्ट गर्‍यो। वुहान शहरमा घटनाहरू पहिचान हुने बित्तिकै चीनले यस रोगको फैलावट रोक्नको लागि अनुसन्धान गर्न तुरून्त कदम चालेको छ।”

पुरा अन्तर्वार्ता

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट