भाग्य न्याैपानेले केही समय अगाडी मात्रै भेटेका, झापाका भिम बहादुर पौडेलको निधन

प्रकाशित मिति : June 29, 2020


झापा बेलडाँगीका ४५ बर्षिया भिम बहादुर पौडेल दुई महिना देखि ओछ्यानमा थला पर्नु भएको थियो। भाग्य न्याैपाने उक्त पिडितको सहयोगको लागि झापाको बेलडाँगी पुग्नु भएको थियो, जहाँ बिरामी करिब २ महिना देखि एउटै बिस्तारमा थला पर्दै आउनु भएको थियो। उहाँ राम्रोसँग बोल्न, खाना खान नसक्ने अवस्थामा हुनुहुन्थ्यो। भाग्य न्याैपानेको टिम र त्यहाँका सहयोगी युवाहरुले उहाँलाई उपचारको लागि हस्पिटल पुर्याएका थिए र उहाँको स्वस्थ्य अवस्थामा पहिला भन्दा धेरै नै सुधार आएको थियो।

उहाँ पहिला राम्रोसँग बोल्न, खाना खान पनि नसक्ने हुनुहुन्थ्यो। उहाको उपचार पश्चात् बोल्ने, खाना खान सक्ने, स्वस्थ्यमा अलि सुधार आएको थियो तर दुखको कुरा उहाँको निधन भएछ। उहाँले यो संसार छोडेर जानू भयो। उहाको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं

पैसाको अभावका कारण उपचार हुन सकेको थिएन। भाग्य न्याैपानेलाई अमेरिकाको जर्जियाबाट हेम राज सरले फोन गरेर जानकारी गराए लगत्तै सहयोग रकम लिएर गएका थिए। “सेवा नै धर्म हो” भन्ने बचनलाई आत्मासाथ गर्दै अमेरिकामा रहनु भएका पहिले झापाको बेलडाँगीको शिविरमा बस्नु भएका नेपाली हाल अमेरिकाको जर्जियामा बसोबास गर्दै आउनु भएको युवाहरु मिलेर देश तथा विदेशमा बस्ने नेपाली जो दु:खमा परेका छन्, जो पिडामा छन्, उनीहरुलाई सहयोग गर्ने हेतुले “त्रिबेणी ग्रुप” संचालन गरेर सहयोग गर्दै आउनु भएको छ । उहाँहरूले पठाउनु भएको सहयोग रकमले उहालाई उपचार पश्चात् पहिला भन्दा धेरै नै राम्रो हुनु भएको थियो तर दु:खद कुरा उहाको निधन भएछ। मृतकको परिवार प्रती धैर्य धारण गर्ने शक्ति मिलोस, मृत आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट